आइपिएल : हैदराबादसँग दिल्ली ८८ रनले पराजित



एजेन्सी कात्तिक १२ ।

इन्डियन प्रिमियर लीग क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हिजो राति भएको खेलमा हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २, २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।

हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ भने हैदराबाद छैटौं स्थानमा उक्लिएको छ ।

हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको दिल्ली तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्