आइपिएल : मुम्बई इन्डियन्स प्ले अफ नजिक



एजेन्सी कात्तिक १३ ।

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेको छ ।

आबुधाबीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफ नजिक पुगेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको एक सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर एक बलमा पाँच विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले अविजित रहँदै उनान्असी रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डेयले १० रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

जितसँगै मुम्बईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको थियो । जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोड्दै बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्