गृह मन्त्रालयमा खुल्यो जागिर



काठमाडौं कात्तिक १३ ।

गृह मन्त्रालय एक सय जना दर्ता अपरेटरका लागि दरखास्त आह्‍वान गरेको छ।

गृह अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना दर्ता अपरेटर कर्मचारी मागेको हो। राष्ट्रिय परिचयपत्र वितरण दर्ता प्रयोजनका लागि करार सेवामा रहने गरी दर्ता अपरेटर माग गरिएको हो।

दर्ता अपरेटरमा काम गर्न चाहनेले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ। आवेदन शुल्क लाग्ने छैन। दर्ता अपरेटरका लागि लिखित परीक्षा मंसिर १३ गतेलाई तोकिएको छ। दर्ता अपरेटरमा काम गर्ने योग्यता १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने नियम तोकिएको छ।

दर्ता अपरेटरमा काम गर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने नियम बनाइएको छ। दर्ता अपरेटरले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउने छन् । सरकारले आफ्ना हरेक नागरिकलाई नागरिकतासँगै राष्ट्रिय परिचयपत्र दिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्