प्युठानका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



चितवन, कात्तिक १५ । चितवनको चितवन मेडिकल कलेजमा उपचारत प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको शुक्रवार राती ११ बजे चितवनमा उपचारका क्रममा मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिए । निमुनियाको समस्या भएका पुरुषको वुटवलमा उपचार नभएपछि उपचारका लागि चितवन लगिएको थियो ।

उनलाई कार्तिक १२ गते चितवनमा कोरोना पुष्टि भएको पोख्रेलले बताए । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ पुगेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्