पार्टी एकतामा गम्भिर संकट उत्पन्न भयो : अर्थमन्त्री पौडेल



काठमाडौं कात्तिक १६ ।

अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकतामा संकट उत्पन्न भएको बताएका छन्।

ट्वीट गर्दै उनले एकीकृत पार्टीमा संकट पैदा भएको टिप्पणी गरेका हुन्। पौडेलले पार्टी एकता जोगाउन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु,उनले ट्वीटमा उल्लेख गरेका छन्।

नेकपामा लामो समयदेखिको किचलो केही हप्ता यता झनै बढेको छ। भारतीय रिसर्च एण्ड एनलाइसिस रअ का प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले भेटेको, स्थायी कमिटीले गरेका निर्णय उल्लघंन गरेको भन्दै ओलीमाथि दबाब बढदो छ।

अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र ओली बीचको तिक्तता बढेसँगै नेकपा विवादले उग्र रुप लिएको हो। ओलीले बैशाखमा राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याउदा सुरु भएको विवाद स्थायी कमिटी बैठकबाट युद्धबिरामको अवस्थामा पुगेको थियो । तर ओली पक्षका नेताले कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई पदबाट हटाउन खोजेपछि नेकपाको विवाद उत्कर्षमा छ।

प्रतिक्रिया दिनुहोस्