सांसद सूर्यबहादुर केसीको निधन



पोखरा कात्तिक १८ । प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको सोमबार राति पोखरामा निधन भएको हो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् । कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभामा पठाएको थियो । सांसद केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्