पार्टीको झण्डा ३ दिन आधा झुकाउने कांग्रेसको निर्णय



काठमाडौं कात्तिक १८ ।

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
साथै १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्