चीनले नेपाली भूभाग मिचेको भन्ने आधारहिन हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय



काठमाडौं कात्तिक १८ ।

चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् ।

समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन् ।’

पछिल्लो समय वेलायतको प्रसिद्ध पत्रिका दि टेलिग्राफले सो समाचार प्रकाशित गरेको थियो । पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ । विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्