कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार, कोरोना रिपोर्ट पनि नेगेटिभ



काठमाडौं कात्तिक १८ ।

उपचाररत नेपाली कांग्रेसका नेता मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । ५३ वर्षीय नेता विश्वकर्मालाई कात्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि ८ दिनसम्म विश्वकर्मा होम आइसोलेसन बसेका थिए ।

आइसोलेसनमा रहँदा विश्वकर्मालाई सास फेर्न असजिलो भएपछि कात्तिक ९ गते वीर अस्पताल लगिएको थियो । तीन दिन वीर अस्पतालमै उपचार गरिएपनि स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि कात्तिक १२ गते उनलाई ग्राण्डी अस्पताल सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्