नेकपा विवाद शक्ति संघर्षमै केन्द्रित, पार्टी बैठक अन्योलमा



काठमाडौं,कार्तिक २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ भने पार्टी बैठक एवं छलफल अन्योल समेत अन्योलमा परेको छ ।

पार्टी भित्र किचलो बढ्दै जानु र पार्टी नै विभाजन हुने अवस्थामा पुगेको भन्दै शिर्ष नेताहरु आ–आफ्नै रणनीति अनुसार अगाडी बढन प्रयासरत छन् । विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले चासो नदिएपछि विवाद पेचिलो बन्दै गईरहेको हो ।

प्रधानमन्त्री ओलीले अबसंगै बस्न नसकिने भन्दै छुटिन भन्ने कुरा गरेको दाहालले खुलासा गरेपछि पार्टी फुट नजिक पुगेको हो । तर पार्टीकै नेताहरुले एकतालाई जोगाउँनुपर्ने पक्षमा उभिएका छन् । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्या समाधानका लागि अध्यक्षद्धय ओली र दाहाल बीचका साथै सचिवालय बैठकमा छलफल भए निकास निष्कने बताए ।

यससंग सम्बन्धित समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्