विप्लव समूहका दुई कार्यकर्ता काठमाडौंबाट पक्राउ



काठमाडौं कात्तिक २० ।

नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको टोलीले काठमाडौंको पुलतीसडकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले विप्लव समूहका नेता९कार्यकर्ताविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

पक्राउ परेका दुवैजनालाई नेपाल प्रहरीमा बुझाएको छ । पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्