राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान



काठमाडौं कात्तिक २० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनि नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष जनरल नरवणे १८ औँ सेनापतिहुन् । यसअघि भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा पनि रोपेका थिए । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्