सचिवालय बैठक माग गर्दै प्रचण्डसहित पाँच नेताको लिखित माग



काठमाडौं कात्तिक २२ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

शनिबार भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्। पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएका हुन ।

लिखित पत्र बुझेपश्चात् प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताइएको छ। भोलि या पर्सि नै बैठक बोलाउने प्रचण्ड समूहको अपेक्षा छ। प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि बालुवाटार पुगेका थिए।

पार्टी र सरकार सञ्चालनलाई लिएर केही महिनायता पार्टीका दुई अध्यक्षबीच किचलो चल्दै आएको छ। यहाँ, प्रधानमन्त्री ओलीले आफू बैठकबाट नभागेको तर छलफल गरेर तय गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्