थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि, २२ सय ६ जना डिस्चार्ज



काठमाडौं कात्तिक २२ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा १ लाख ५५ हजार १ सय १४ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्