नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १ हजार ८७ पुग्यो



काठमाडौं कात्तिक २२ ।

नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।

हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख २७ हजार ७ सयभन्दा बढीको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्