कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घोडाबाट लडेर घाइते



सुर्खेत कात्तिक २२ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।

शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका–३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ जाने क्रममा हुडिगाउँ र लिमाटाङ गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका हुन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले स्वागतका लागि घोडामा चढाएका थिए। स्वागतपछि मुख्यमन्त्री शाही उक्त घोडाबाट लडेर घाइते भएका हुन्। मुख्यमन्त्री शाहीले चढेको घोडा तर्सिदा लडेर घाइते भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए।

मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ। मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ता सो यात्रामा थिए ।

प्रतिक्रिया दिनुहोस्