नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन कर्मचारीलाई गृहसचिवको आग्रह



तनहुँ कात्तिक २२ ।

गृहसचिव महेश्वर न्यौपानेले दबाब र प्रभावमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

तनहुँ जिल्लाका कार्यालय प्रमुखहरुलाई शनिबार सम्बोधन गर्दै उनले कानुन र नियमको परिधिभित्र रहेर जनताको सेवामा खटिन आग्रह समेत गरे ।

‘नियम र कानुन हेरेर काम गर्नुहोस, कसैको दबाबमा नपर्नुहोस्,’ उनले भने, ‘कानुन र कर्तव्य सम्झिएर जनताको सेवा नै कर्मचारीको मूल लक्ष्य हो।’ गृह सचिव न्यौपानेले शान्ति सुरक्षा मजबुद बनाउँदै जीउधनको रक्षाका लागि क्रियाशील रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । बैठकमा जिल्लास्थित कार्यालयका प्रमुखका अतिरिक्त लमजुङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्