ट्रम्पलाई हराउँदै वाइडेन बने अमेरिकाको राष्ट्रपति



एजेन्सी,कात्तिक २३ । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी बनेका छ्न त्यस्तै उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिस विजयी भएका छन् ।

बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । वाइडेनका निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा समेत बाइडेनलेे जित हात पारेका छन्  । वाइडेनले आउने  चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन् । उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। यो भन्दा पहिले उनी बराक ओभामाको कार्यकालमा उपराष्ट्रपति बनेका थिए ।  

उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्