समन्वयको अभावले पर्यटकीय गतिविधि प्रभावित



काठमाडौं, कार्तिक २३ । सात महीनापछि खुलेको पर्यटकीय गतिविधि सरकारी निकायबीच समन्वयको अभावले प्रभावित भएको छ ।

कोरोना भाइरसको महामारीको कारण करीब ७ महीना पर्यटन व्यवसाय बन्द रहेपछि सरकारले कात्तिक १ गतेदेखि ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेको थियो । तर, कोरोनाको कारण देखाउँदै कतिपय स्थानीय तहले प्रवेश निषेधको सूचना जारी गरेको कारण उडान सेवा तथा अन्य पर्यटकीय गतिविधि प्रभावित भएका हुन् ।

लामो समय ठप्प रहेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा चलायमान हुन थालेको छ । पदयात्रा र हिमाल आरोहणमा विदेशी पर्यटक आउन थालेका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले वसन्त ऋतुमा पर्वतारोहण र पदयात्रासम्बन्धी सम्पूर्ण गतिविधिमा बन्देज लगाएको थियो । तर, बन्दाबन्दी र निषेधाज्ञा हटेसँगै पर्वतारोहण र पदयात्राको अनुमति दिने निर्णय सरकारले गरेको थियो । तर, विभिन्न स्थानीय तहले यसमा अवरोध पुर्‍याउन थालेका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्