प्रधानमन्त्री ओली र माधव नेपालसहित ४ नेताबीच छलफल



काठमाडौं कात्तिक २३ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित पूर्वएमालेका ४ नेतासँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेको बेला आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेता नेपाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसँग छलफल गरेका हुन् । छलफल अहिले पनि जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित सचिवालय समितिका ५ जना सदस्यले बैठक बोलाउन शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।

उनीहरूबीच पार्टीभित्र बढेको विवादकै विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्