काठमाडौँ उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २३ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५३३ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्