कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो



काठमाडौं कात्तिक २३ ।

कोरोना संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्