कांग्रेस केन्द्रीय समिति बैठक फेरी सर्यो



काठमाडौं कात्तिक २३ ।

यही कात्तिक २४ गतेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरी सरेको छ ।

फागुनमा गर्ने भनिएको महाधिवेशनको बारेमा छलफल गर्न बोलाइएको बैठक फेरी सरेको हो । पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेका कारण सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सरेको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गते दिउँसो १ बजे बस्‍ने जानकारी दिए । यसअघि गत बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पनि पार्टीमा जारी विवाद समाधानबारे सहमति नजुटेपछि शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्‍ने गरी स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्