पहिलोपटक दिल्ली क्यापिटल्स आइपिएल फाइनलमा



एजेन्सी,कात्तिक २४ । दिल्ली क्यापिटल्सले सनराइजर्सलाई १७ रनले पराजित गर्दै इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा पुगेको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन मात्र बनाएपछि दिल्लीले खेल १७ रनले जितेको हो ।

हैदरावादका लागि केन विलियम्सनले सर्बाधिक ६७ रन बनाएका थिए । त्यस्तै अब्दुल सामादले ३३ रनको योगदान दिए भने मनिष पाण्डेले २१ रन बनाएका थिए । त्यस्तै प्रियम गर्गले १७ तथा राशिद खान र जासन होल्डरले ११-११ रन बनाएका थिए ।

दिल्लीका बलर कागीसो रबाडाले ४ विकेट लिए भने मार्कोस स्टोइनिसले ३ विकेट लिएका थिए । त्यस्तै अक्सर पटेलले १ विकेट लिएका थिए । यसअघि दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै १८९ रन बनाएको थियो । अब दिल्लीले फाइनलमा मंगलबार मुम्बई इण्डियन्ससँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्