को हुन बाइडेन?



काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बनेका थिए । यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो ।

कानुनमा डिग्री हासिल गरेका उनले जनताको न्यायसम्बन्धी थुप्रै कानुन निर्माणमा योगदान गरेका छन् । लागू औषध, अपराध, नागरिक स्वतन्त्रता, नारी हकजस्ता कानुनका उनी पक्षपातस् रहँदै आएका छन् । बाइडेन ६ पटकसम्म सिनेटमा निर्वाचित भइरहे । उनको जितले विश्वमा शान्ति कायम गर्ने भूमिकामा महŒवपूर्ण योगदान हुने अपेक्षा गरिएको छ । चीनसँगको बिग्रिएको सम्बन्ध सुधारमा उनको जोड रहेको छ ।

७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनले उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौं सबैभन्दा कम उमेरका सिनेटरका रूपमा निर्वाचित भएका थिए । यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्