पार्टीबाटै सरकारलाई असहयोग भयो: प्रधानमन्त्री ओली



काठमाडौं, कार्तिक २४। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताएका छन् । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उनले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि बर्ढाएका हुन् । बालुवाटारको छलफलमा सचिवालय सदस्य नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तको सहभागिता थियो ।

प्रधानमन्त्रीसितको छलफलमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले सरकारलाई असहयोग गर्ने शैली सच्याउनुपर्नेमा प्रम ओलीले जोड दिए । उनका अनुसार प्रधानमन्त्रीले पार्टीमा गुटगत राजनीति सुरु भएको र केही नेताले सरकारलाई असफल पार्ने षड्यन्त्र गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्