बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, कात्तिक २४ । नेपालमा बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै कुल संक्रमितको सख्या  १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार १७९८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म  १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्