काठमाडौं उपत्यकामा १४ सय २८ जना कोरोना संक्रमित थपिए



काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५  सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १४ सय २८ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी सुचनामा ११ हजार १ सय ७७  जनाको पिसीआर परिक्षणमा २५  सय ७१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी बितेको २४ घन्टामा  १७९८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या १ लाख  ५९ हजार ७ सय २४  पुगेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४  पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा थपिएका १४ सय २८ जना मध्ये ६३० महिला र  ७९८ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्