आठ महिनामा १ लाख ३६ हजार नेपाली स्वदेश फर्किए




काठमाडौं, कार्तिक २५ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उध्दार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् ।

दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी ९रियाद जेद्दा० बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ ।

टर्कीबाट ३५ सय १९ जना र ओमानबाट १७ सय ८४ जना साथै दक्षिण कोरियाबाट दुई हजार ६५ जना फर्किएका छन् । छिमेकी देश बङ्गलादेशबाट ९७० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ६३४ जना नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्