थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टी, ८ सय ५३ जना डिस्चार्ज



काठमाडौं कात्तिक २५ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८५३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ ।

मङ्गलबारसम्म १ हजार ५८ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३८ हजार ३५ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ६३८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १५ लाख ६४ हजार २१४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

प्रतिक्रिया दिनुहोस्