काठमाडौँ उपत्यकामा १४ सय २० कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २५ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्