नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या ११ सय ४८ पुग्यो



काठमाडौं कात्तिक २५ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाका कारण मंगलवार थप २२ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्