सरकारविरुद्ध सडक संघर्ष गर्ने राप्रपाको तयारी



काठमाडौं कात्तिक २५ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ ।

स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक संघर्ष गर्ने भएको हो ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार बैठक गरी विरोध कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेका छन् ।

अध्यक्ष लोहनीकाअनुसार तिहारपछि पुनः बैठक बसेर संघर्षको कार्यक्रमलाई मूर्तरुप दिने निर्णय भएको छ । मंगलबारको बैठकमा ७७ जिल्ला तथा सबै स्थानीय तहमा पार्टी समायोजनालाई तीव्रता दिने विषयमा समेत छलफल भएको अध्यक्ष लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्