कात्तिक २७ गते सचिवालयको बैठक बोलाउन नेकपा अध्यक्ष दाहालको प्रस्ताव



काठमाडौं कात्तिक २५ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका छन्।

आज अपरान्ह ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका दाहालले पार्टीभित्र देखा परेका समस्या समाधानका लागि छलफल गर्न सचिवालय बैठक डाक्न पुनः अनुरोध गरेका हुन्।

ओली–दाहाल भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले यसअघि सचिवालय बैठक डाक्न यसअघि पनि अध्यक्ष ओलीलाई आग्रह गरिएको बताउँदै बैठक डाक्न अध्यक्ष ओली अझै तयार नभएको जानकारी दिए।

पार्टी एकताका लागि आफूहरु संवेदनशील रहेको दाबी गर्दैै श्रेष्ठले बैठक कुरिरहेको र पर्सी सचिवालय बैठक बस्ने कुरामा विश्वस्त रहेको बताए। पार्टीको बैठक नबस्नु उपयुक्त नभएको भन्दै उनले पार्टी विभाजन समस्याको निकास नभएकाले आफूहरु विभाजनको पक्षमा नभएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्