दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु



दाङ कात्तिक २६ । दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमटियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले दुर्घटनाको कारण अझै पत्ता लाग्न नसकेको बताए । १८ वर्ष मुनिका ३ जना एउटै बाइकमा चढेको देखिएकाले घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस्