बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु
सुनसरी,मंसिर १२ । इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु भएको छ ।
शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोलका ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराको टोलीले उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा चिकित्सकले शनिबार बिहान ६ः२३ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न बस र चालक धनकुटा नगरपालिका–२ का ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

