राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण



काठमाडौं कात्तिक २६ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको हो। केहीदिन यता अस्वस्थ भएपछि केसीको पीसीआर परीक्षण गरिएको थियो । उनको अहिले ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बुटवल रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्