थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि,१६ सय ६६ जना डिस्चार्ज



काठमाडौं कात्तिक २६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ। निको हुनेको प्रतिशत ८१.२ रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्