कोरोना संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु, मृतकको संख्या ११ सय ७४ पुग्यो



काठमाडौं कात्तिक २६ ।

कोरोना भाइरसको संक्रमणबाट देशभर थप २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।

मंगलबार देशभर कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो । पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत वृद्धि भइरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्