काठमाडौं उपत्यकामा १२ सय ६१ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २६ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

आज देशभर २ हजार ५ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्