नुवाकोटको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने



नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको पालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । ६० देखि ७० वर्ष उमेर समुहका एकल पुरुषलाई ७० वर्ष पुगेपछि वृद्धभत्ता नै पाउने भएकाले दोहोरो भत्ता नपाउने मापदण्ड समेत गाउँपालिकाले निर्धारण गरेको अध्यक्ष थापाले बताए ।

कतिपय परिस्थितिवश एकल हुन पुगेका पुरुष पनि समाजमा रहेकाले उनीहरुको दुखलाई मध्यनजर गर्दै भत्ताको ब्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका क्षेत्रमा केकति संख्यामा एकल पुरुष छन एकिन तथ्यांक संकलन भैनसकेपनि पालिकाका ८ वटै वडाका एकल पुरुषको लागत संकलन अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले बताए ।

त्यस्तै गाउँपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई एकमुष्ट तीन हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ। कोरोना संक्रमितलाई सन्तुलित आहाराका लागि उक्त रकम दिन लागिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

गाउँपालिकाद्वारा प्रकाशित सूचना

प्रतिक्रिया दिनुहोस्