नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने



काठमाडौं,कात्तिक २७ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार ४ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी मुख्यालयमा मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी अनौपचारिक बैठकले औपचारिक बैठकका लागि बिहीबारसम्म अध्यक्ष ओलीलाई पर्खिने निर्णय गरेको थियो । त्यसैअनुसार ओलीलाई बैठकको सहमतिका लागि आग्रह पनि गरेको थियो ।

बिहीबार पनि ओली सहमत नभएको खण्डमा बहुमत सदस्यको औपचारिक बैठक बसेर निर्णय गर्ने तयारीमा दाहाल–नेपाल समूह जुटेको थियो । तर, बैठकका लागि ओली तयार भएपछि महासचिव विष्णु पौडेलले अध्यक्ष दाहालसँगको समेत परामर्शमा शुक्रबारलाई बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्