भारतमा सडक दुर्घटनामा तीन नेपालीको मृत्यु



नयाँदिल्ली कात्तिक २७ । भारतमा सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे १२ बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको सञ्‍चार माध्यमले जनाएको छ ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

घटनास्थलमै मृत्यु हुनेमध्ये एक महिलाको नाम लक्ष्मीकुमारी भएको र अन्य दुई जनाको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्