गुणस्तरहीन मिठाइ बनाउने स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना



काठमाडौं कात्तिक २७ ।

काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेटिएको जनाइएको छ ।

अनुगमनको नेतृत्व गरेका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइएको बताए । यसैगरी कालीमाटीमा सञ्चालित वीणा टे«डिङ कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्