थप १९ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टी, २३ सय ४९ डिस्चार्ज



काठमाडौं कात्तिक २७ ।

देशभरमा थप १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीवार सङ्क्रमणमुक्त भएका २ हजार ३४९ गरी आजसम्म एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या २ लाख ४ हजार २४२ पुगेको छ । क्वारेइन्टीनमा रहेकाको सङ्ख्या आज ९७४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्