काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिए



काठमाडौं कात्तिक २७ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

४२८ महिला र ५ सय ४५ पुरुषसहित ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा अहिले संक्रिय संक्रमितको संख्या १७ हजार ४५ रहेको छ भने निको हुनेहरुको संख्या ५८७४६ पुगेको छ ।

काठमाडौंमा अहिलेसम्म २ सय ९३ जनाको संक्रमणबाट मृत्यु भएको छ भने अहिलेसम्म ७६ हजार ८४ जना संक्रमित भएका छन् । त्यस्तै भक्तपुरमा अहिलसम्म सक्रिय संक्रमितको संख्या १२९२ पुगेको छ भने ७५ जनाको मृत्यु भएको छ ।

भक्तपुरमा निको भएर घर फर्किनेहरुको संख्या ५ हजार ४८१ रहेको छ भने अहिलेसम्म ६ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा अहिलेसम्म १० हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ८ हजार २ सय ८६ जना निको भएर घर फर्किसकेको छन् भने ७९ जनाको मृत्यु भएको छ । ललितपुरमा सक्रिय संक्रमितको संख्या अहिले २५ सय १२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्