पर्यटकका लागि नेपाल आगमन अझै एक महिना बन्द



काठमाडौं कात्तिक २७ ।

विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ।

आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन्। यसअघि मंसिर १ गतेबाट पर्यटक आगमन खुला गर्ने निर्णय गरेको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित्र पत्रकार सम्मेलनमा कोरोना संक्रमण बढ्दै जाँदा पर्यटक आगमन थप एक महिना निषेध गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्