पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति



सप्तरी कात्तिक २७ ।

सप्तरीमा पटाका पड्काउँदा सल्किएको आगोबाट १४ लाख बराबरको क्षति भएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ तरहीमा केटाकेटीले पड्काएको पटाकाले मुखिया टोलमा भएको आगलागीमा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । बतही देवी मुखियाको घरबाट शुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर जलेको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

राजकुमारको घरमा मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोका असई प्रमेश्वर पासवानले जानकारी दिए । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख रुपैयाँ, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख २० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको छ । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो निभाइएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्