स्वास्थ्यकर्मी संघ नुवाकोटद्वारा स्मारिका प्रकाशन



नुवाकोट,कात्तिक २७ ।स्वास्थ्यकर्मी संघ नुवाकोटले स्मारिका प्रकाशन गरेको छ।संघले बिहिवार एक समारोहका बीच विदुरमा कार्यक्रम गर्दै स्मारिका ‘स्वास्थ्यकर्मी २’ विमोचन गरेको स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डेले बताए।

कार्यक्रम काङ्ग्रेस नेता जगदिश्वर नरसिंह केसीको प्रमुख आतिथ्यता तथा स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेको उपस्थिति,जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ,काङ्ग्रेस नेता रमेश महत,स्थानीय जनप्रतिनिधि बीच भएको थियो।

कोभिड १९ का कारण सामाजिक सुरक्षा अपनाउदै सम्पन्न उक्त विमोचन समारोहमा स्वास्थ्यकर्मीले कोरोना महामारी बीच झेल्नुपरेको समस्याका बारेमा विमर्श भएको थियो।

प्रतिक्रिया दिनुहोस्