बैतडीमा बस दुर्घटना हुँदा ८ को मृत्यु, ४० बढी घाइते



बैतडी,कात्तिक २८ । बैतडी जिल्लामा बिहिबार राति बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ खोड्पेमा भएको बस दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको हो ।

दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ । बस सडकभन्दा करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा राति साढे १० बजेतिर दुर्घटना भएको हो।

बसमा ४९ जना यात्रु रहेको बताइएको छ । मृतकको पहिचान खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्